काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका १५ अवैतनिक दूतहरू पदमुक्त गर्ने निर्णय गरेको छ ।
विभिन्न देशमा रहेका अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराउनुभयो ।
यस्तै बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी बैठकमा अनिवार्य रुपमा उपस्थित हुन सांसदहरुलाई आह्वान गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
बैठकले अन्तराष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धि २०१४ र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धि महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान पनि गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com