काठमाडौं । ‘धर्म विजय यात्रा’ कार्यक्रममा सहभागी हुन जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम आज काठमाडौं आइपुग्नुभएको छ ।
आदि शंकराचार्यद्वारा स्थापित चार आम्नाय पीठहरूमध्ये प्रमुख मानिने शृङ्गेरी पीठका उत्तराधिकारी शंकराचार्य नेपाल भ्रमणमा आउनुभएको हो । चार्टर विमानमार्फत काठमाडौं आइपुग्नुभएका शंकराचार्यलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, धार्मिक गुरु लगायतले स्वागत गर्नुभएको थियो ।
त्यसलगत्तै उहाँ काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएको थियो । सो क्रममा नेपाली सेनाको एक टुकडीले उहाँलाई स्वागत गरेको थियो ।
‘धर्म विजय यात्रा’को उद्देश्य धर्मको संरक्षण, वैदिक संस्कृतिको प्रवद्र्धन तथा भक्तजनहरूलाई दर्शन र आशीर्वाद प्रदान गर्नु रहेको बताइएको छ । पशुपतिक्षेत्रमा भएको कार्यक्रममा शंकराचार्यले ने नेपाल भ्रमण गर्न र पशुपतिनाथको दर्शन गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम कर्नाटकको शृङ्गेरीस्थित ‘दक्षिणाम्नाय श्री शारदा पीठ’का मनोनीत उत्तराधिकारी तथा कनिष्ठ पीठाधीश हुन् ।
यो मठ आठौँ शताब्दीमा जगद्गुरु आदि शंकराचार्यले अद्वैत वेदान्तको संरक्षण तथा प्रचार–प्रसारका लागि स्थापना गरेका चार प्रमुख संस्थाहरूमध्ये पहिलो र सर्वोपरि मानिन्छ ।
त्यसक्रममा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा लोक कल्याणका लागि गरिने विशेष पूजा ‘चन्द्रमौलीश्वर पूजा’ हुने बताइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com