Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बजेटले देशको अर्थतन्त्र र बजार चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने: निजी क्षेत्र

बजेटले देशको अर्थतन्त्र र बजार चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने: निजी क्षेत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आयकरको दरमा गरिएको सुधार, मध्यम आयस्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमहरूलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ ।

लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन ’सनसेट क्लज’ ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रलाई ’उद्योगहरूको उद्योग’ भन्दै यो क्षेत्र चलायमान हुँदा मात्र सिमेन्ट, फलामे डन्डी र टायल लगायत सहायक उद्योगहरू फस्टाउने बताउनुभयो ।

उद्योगीहरुका अनुसार सरकारले बजेटमार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ । भ्याट तथा अन्तःशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले २०८३ साल पुस मसान्तभित्र बाँकी कर र एक प्रतिशत थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिनाहा हुनेछ ।

यसअघि कर विवरण ढिलो बुझाएबापत मासिक १ हजार रुपैयाँ जरिवाना लाग्थ्यो भने बाँकी करमा १५ प्रतिशतका दरले ब्याज र त्यही बराबर थप शुल्क तिर्नुपथ्र्यो । वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र एक प्रतिशत थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन् ।

यो व्यवस्थाले जरिवाना र ब्याजको डरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार