काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारमा ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको दाबी गर्नुभएको छ । बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको उहाँको दाब िथियो ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको स्पष्ट पार्नुभयो।
उहाँले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गर्नुभयो ।
उहाँले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने बताउनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, प्रक्षेपिक जीडीपीको सापेक्षतामा जम्मा २८।५ प्रतिशतको बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ। अब त्यो अलिकति तल पनि हुन सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला। तर आजका मितिमा यो ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।’
यसैबीच, अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारको आर्थिक व्यवस्थापन तथा कार्यान्वयन प्रणालीमा गुणात्मक सुधारको प्रयास गरिएको भन्दै लामो समयदेखि बजेट कार्यान्वयन प्रभावकारी हुन नसकेको धारणा परिवर्तन गर्ने उद्देश्यसहित यस पटक विशेष पहल गरिएको दाबी गर्नुभयो । उहाँले सरकारी निकायहरूको कार्यक्षमता अभिवृद्धि गरी बजेट कार्यान्वयनलाई गति दिने दिशामा समन्वयात्मक प्रयास गरिएको बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधार क्षेत्रतर्फ पुँजीगत बजेट खर्चको अवस्था कमजोर रहेको उल्लेख गर्दै ठूलो बजेट विनियोजन भए पनि खर्च न्यून हुने समस्या देखिएको बताउनुभयो। सो समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पुँजीगत खर्च बढाउन स्पष्ट निर्देशन दिइएको पनि अर्थमन्त्रीको भनाइ थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com