बागलुङ, जेष्ठ ३० । बागलुङको वलेवा क्षेत्रमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार बागलुङ नगरपालिका–१४, नारायणस्थानमा सञ्चालक तथा व्यवस्थापकको एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना, सिवाईसी साकोसको समन्वय तथा चारतारे युवा क्लब, सिवाईसी नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले सहकारी संस्थाहरू स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना तथा समुदायको समृद्धिका महत्वपूर्ण आधार भएको बताउँदै सहकारीको सुशासन, पारदर्शिता र सदस्यमुखी सेवामा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, वडा नं. १३ का वडा अध्यक्ष नारायण पौडेलले सहकारी अभियानलाई समयानुकूल प्रविधिमैत्री, उत्तरदायी र प्रभावकारी बनाउँदै सदस्यहरूको विश्वास अझ मजबुत बनाउन एउटै उद्देश्य र समान विचार भएका सहकारी संस्थाहरू आवश्यकताअनुसार एकीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चारतारे युवा क्लब, सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्माले सहकारी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत क्षमता विकास र आपसी सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा वलेवा क्षेत्रका १५ वटा सहकारी संस्थाबाट ११० जना सञ्चालक तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले परिवर्तित नीति–नियम तथा नियामकीय व्यवस्थासँगै सहकारी संस्था सञ्चालनमा विभिन्न चुनौतीहरू थपिएको उल्लेख गर्दै यस्ता चुनौतीहरूको प्रभावकारी सामना गर्न सञ्चालक तथा कर्मचारीहरूको ज्ञान, सीप र क्षमता निरन्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थागत सुशासन, वित्तीय अनुशासन र सदस्यप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न सके सहकारीप्रति जनविश्वास अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहकारी व्यवस्थापन, सुशासन, नेतृत्व विकास, कानुनी व्यवस्था तथा समसामयिक चुनौतीहरूका विषयमा नेपाल चत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले प्रशिक्षण गर्नुभएको आयोजकले जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सञ्चालक थमप्रसाद शर्माको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com