काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रस्थित वनकालीमा अवस्थित श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका नवनियुक्त प्रधानाध्यापक अर्जुन खतिवडाले विद्यालयको शैक्षिक सुधार, प्रणाली व्यवस्थापन तथा भौतिक सुधार आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।
हालै विद्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका युवावयी खतिवडाले शैक्षिक उन्नयनका साथै प्रणाली बसाल्ने तथा भौतिक व्यवस्थापनलाई विशेष ध्यान दिने आफ्नो प्रारम्भिक योजना धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
'मुख्य भनेको हामीले भइरहेको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्नुपर्नेछ, त्यसैगरी प्रविधिका क्षेत्रमा हामी कमजोर छौं, ’ खतिवडाले भन्नुभयो, ‘समयसापेक्ष प्रविधिको पहुँच र प्रयोगमा हामीले सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ भने विद्यालय सञ्चालनमा प्रणाली बसाउने विषयसँगै अन्य भौतिक पाटाहरुलाई ध्यान दिने योजना बुनेको छु ।’
स्वास्थ्यका कारणले वेदविद्याश्रमका प्रधानाध्यापक केशवप्रसाद अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा सोही विद्यालयमा अध्यापनरत खतिवडालाई निमित्त प्रधानाध्यापक नियुक्त गरिएको हो ।
खतिवडा महेश संस्कृत गुरुकुलका आचार्य एवं महेश छात्र परिषद्का नवनिर्वाचित कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
२०३१ सालमा स्थापना भएको वेद विद्याश्रम पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालनरत छ । २०२६ सालमा निर्माण प्रारम्भ भई २०३१ बाट पठनपाठन आरम्भ भएको वेद विद्याश्रम २०४३ सालबाट प्रवेशिका परीक्षामा सामेल भएको थियो । हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा विसं २०७६ देखि ११ कक्षा सुरु भएको हो । विद्यालयले एसईईदेखि माध्यमिक सम्म राम्रो नजिता निकाल्दै आएको छ ।
विद्यालयमा वेद, व्याकरण, नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, रुद्री, गीता, चण्डी, कर्मकाण्ड, वेद, अनुवाद, संस्कृत भाषा, ज्योतिष, उपनिषद्, साहित्यलगायत ग्रन्थहरूको अध्यायन अध्यापन हुँदै आएको छ । विद्यालयमा सम्पूर्ण निशुल्क सुविधासहित विभिन्न जिल्लाका विद्यार्थीहरू आवासीय रुपमा अध्ययनरत छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com