Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नासः द्य छेँ मन्दिर पुन:निर्माण सम्पन्न, कार्यवाहक प्रमुख डंगोलद्वारा उद्घाटन

नासः द्य छेँ मन्दिर पुन:निर्माण सम्पन्न, कार्यवाहक प्रमुख डंगोलद्वारा उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ८ स्थित ऐतिहासिक ग्वलः नवाली टोलमा अवस्थित लिच्छविकालिन भगवान श्री नित्यथान (नासः द्य छेँ) मन्दिर पुनःनिर्माण कार्य सम्पन्न भएको छ । सम्पदा संरक्षणको रणनीतिका साथ काम गर्दै आएको काठमाडौं महानगरपालिका अन्तर्गतको सम्पदा तथा पर्यटन विभागको लगानीमा पुनःनिर्माण सम्पन्न भएको हो । पुनर्निर्मित भवनको आज एक कार्यक्रमबीच काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले बाँसुरी, पछिमा, धिमय् र धिमय् नृत्य प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । 

नव निर्मित तीन तल्ले भवनको माथिल्लो तल्लामा भगवान श्री नित्यथानको मन्दिर रहेको छ भने दोस्रो र पहिलो तल्लामा बाजा तथा नृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने वडा नं ८ का वडाअध्यक्ष आशामान संगतले धिप्री डटकमलाई जानकारी गराउनुभयो । खासगरी नेवारी बाजाहरु तथा परम्परागत एवम् सांस्कृतिक नृत्यहरुको प्रशिक्षण पनि सोही पुनर्निर्मित भवनमा सञ्चालन गरिनेछ ।

वडाअध्यक्ष संगतले भन्नुभयो, 'पुरातात्विक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको मन्दिर पुनःनिर्माणले स्थानीयहरुमा खुसी छाएको छ । काठमाडौं उपत्यकामा रहेका सम्पदाहरुको संरक्षण र प्रवर्धनको अभियानमा एउटा ईँटा थपिएको छ ।' वडाअध्यक्ष संगतका अनुसार करिब २ करोड २७ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा निर्मित मन्दिर पुनः निर्माण कार्य एक वर्षमा सम्पन्न भएको हो ।

'यो एकदमै प्राचीन ठाउँ हो, 'वडाअध्यक्ष संगतले भन्नुभयो, 'यहाँ चल्ने जात्रा पर्व सबै यहीँबाट निस्कन्छ, यो मुल घरजस्तै हो । लाखेदेखि लिएर सबै नाच यहीँबाट निकालिन्छ । यसैगरी बाजाहरु सिकाउने र राख्ने गरिदै आएको घर संग्रहालय जस्तै हो । यस्तै यहाँ २०४४ सालदेखि स्थापना गरिएको एउटा पुस्तकालय पनि छ । अब यो वर्ष हामी उक्त पुस्तकालयलाई पनि पुनर्जीवन दिदैछौं ।' 

_DSC9212_11zon.jpg
undefined

 

_DSC9266_11zon.jpg

_DSC9272_11zon.jpg

_DSC9104_11zon.jpg
undefined
_DSC9309_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार