Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कालीबाबा आज नेपाल आउँदै

कालीबाबा आज नेपाल आउँदै

काठमाडौं। श्री १००८ महामण्डलेश्वर स्वामी कालीदास (कालीबाबा) नेपाल नेपाल आउँदै हुनुहुन्छ  । उहाँ आज अपरान्ह काठमाडौं आउने कार्यक्रम छ । मुख्यतः पशुपतिनाथ दर्शनका लागि उहाँ भारतबाट नेपाल आउन लाग्नुभएको हो ।

भारतको द्वादश ज्योर्तिलिङ्ग दर्शन पछि पशुपतिनाथको दर्शन गर्न उहाँ काठमाडौं आउने कार्यक्रम रहेको उहाँ निकटस्थहरुले जानकारी गराएका छन् । विगत केही वर्षदेखि कालीबाबा प्रत्येक वर्ष ऋषितर्पणीको समय नेपाल आउने गर्नुभएको छ ।

पछिल्लोपटक कालीबाबाको संकल्पमा २०८२ साल साउनमा पशुपति हंसमण्डपमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ सम्पन्न भएको थियो ।

कालीबाबाले दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाउनुभएको छ । उहाँको जन्म सन् १९५१ मा नेपालको ओखलढुंगा जिल्लामा भएको हो। उहाँले भारतबाट आध्यात्मिक ज्ञान र सिद्धि प्राप्त गरेकोबताइन्छ र भारतको हरियाणा लगायतका स्थानमा उहाँका आश्रम तथा धामहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार