Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विश्वविद्यालयको पूर्वाधार सुधारका लागि सम्मेलन महत्वपूर्णः विष्णु आचार्य

विश्वविद्यालयको पूर्वाधार सुधारका लागि सम्मेलन महत्वपूर्णः विष्णु आचार्य

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी) का बोर्ड अफ ट्रस्टी सदस्य विष्णु आचार्यले विश्वविद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षाको अभिवृद्धिका लागि आयोजना गरिएको सम्मेलन महत्वपूर्ण हुने बताएका छन्।

एमबीयुएसटीद्वारा काठमाडौंमा आयोजना गरिएको “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शिर्षकको एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन आर्थिक स्रोत जुटाउन यस्तो कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

“नेतृत्व, अनुभव र कार्य साझेदारीसँगै ट्रस्टले विश्वविद्यालयको कार्यसम्पादनमा ठूलो योगदान पुर्‍याएको छ,” आचार्यले भने, “विश्वविद्यालयको बहुमूल्य इनपुट र समर्थन विना देशको कठिनाइको बेलामा यथास्थितिबाट बाहिर निस्कन सम्भव हुने थिएन। विश्वविद्यालयको अनुभवले देखाउँछ कि यदि अन्य विश्वविद्यालयहरू पनि देशको विकासमा योगदान दिन दृढ छन् र वित्तीय स्वायत्तता दिइन्छ भने सफलता सम्भव छ।”

उनका अनुसार विश्वविद्यालयका लागि विदेशी साझेदारी, विद्यार्थीका लागि आर्थिक सहयोगका उपाय, ब्याक पेपर परीक्षा प्रणाली, तथा कार्य सम्झौताका लागि योग्यताको मान्यता महत्वपूर्ण छन्।

विश्वविद्यालयले भोगिरहेका चुनौतीबारे चर्चा गर्दै उनले भने, “वित्तपोषण सुनिश्चित गर्नु र निहित स्वार्थहरूबाट विश्वविद्यालयलाई जोगाउनु प्रमुख चुनौती हुन्।”

उनले विश्वविद्यालयको समुन्नत विकास र दीर्घकालीन सफलताका लागि सबै सरोकारवालाहरूबाट सक्रिए सहयोग आवश्यक रहेको पनि बताए। सम्मेलनमा सहभागीहरूलाई विश्वविद्यालयको अनुभवबारे गम्भीर छलफल गर्न र चुनौतीको सामना गर्ने उपायहरू सुझाउन आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार