Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१९ औं स्थापना दिवस

नारी संकल्प साकोसद्वारा सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग

नारी संकल्प साकोसद्वारा सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग

उर्लाबारी । सहकारी सामाजिक उत्तरदायित्वका निरन्तर कार्यक्रममार्फत सदस्य र सुमदायमा बेग्लै छाप छोड्न सफल मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नारीसंकल्प बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष पनि स्थापना दिवसमा उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । हरेक स्थापना दिवससँगै अन्य महत्वपूर्ण अवसर पारेर नारीसंकल्प साकोसले सहकारी सामाजिक उत्तदायित्वका कार्यक्रमलाई बढाउँदै समेत लगेको छ । 

यसैबीच, १९ औँ स्थापना दिवसको अवसरमा बैशाख २२ गते उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयलाई २७ हजार रुपैयाँ मुल्य बराबरको फिल्टर सहयोग गरेको साकोसकी अध्यक्ष गोमा नेपालले जानकारी गराउनुभयो । विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावहरुलाई समेत स्वच्छ खानेपानी पिउन सहयोग पुग्ने उद्देश्यले फिल्टर उपलब्ध गराइएको अध्यक्ष नेपालले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरुपा खड्काको उपस्थितीमा साकोसले फिल्टर हस्तान्तरण गरेको हो । २०६२ सालमा स्थापना भएको नारी संकल्प साकोस हाल उर्लाबारीसहित मिक्लाजुङ गाउँपालिका, साविक ईटहरा, साविक पथरीमा सेवारत छ । साकोसमा हाल ३ हजार ४ सय २७ सदस्य रहेको सचिव शोभितमाया तामाङले बताउनुभयो । १ करोड ४४ लाख ९९ हजार कुल शेयर पुजी रहेको नारी संकल्प साकोससँग जगेडा कोषमा १ करोड १३ लाख ८० हजार रुपैयाँ बढी छ । 

यस्तै सस्थाले आर्थिक वर्ष २०८१ सम्ममा कुल ८ सय २३ सदस्यमा १४ करोड २० लाख ६७ हजार ३ सय २३ रुपैया लगानी गरेको जनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाकी सल्लाहाकार उर्लाबारी–७ की वडाअध्यक्ष उर्मिला थापा, सल्लाहकार मिना कार्की लगायत वर्तमान सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो ।

496170441_9422009661240802_8012931890572454832_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार