Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पुर्वी नाकाबाट १० महिनामा साढे ४ करोड बढीको खरबुजा आयात

पुर्वी नाकाबाट १० महिनामा साढे ४ करोड बढीको खरबुजा आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै चार करोड ६१ लाख ३४ हजारको खरबुजा छिमेकी मुलुक भारतबाट नेपाल आयात भएको छ।

मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजार भित्रिएको हो। सबैभन्दा बढी चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा आयात भएको छ। स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादन ओझेलमा परेको छ ।

भन्सारका अनुसार चालु आवको पहिलो महिना साउनमा ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मंसिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ।

त्यसैगरी, माघमा २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार