काठमाडौँ । एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिका बीच दुवै पक्ष मिलेर काठमाडौँको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित सीप मेला आयोजना गर्ने सम्झौता भएको छ । यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यावसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।
यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य (SDGs) प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति। सीप मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ।
सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो। आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे। एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा. लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा. लि. का सीईओ महेश बिष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरे।
सीप मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्याउनेछ।
यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com