Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
प्रतिनिधिसभाबाट बजेट पारित

रास्वपा र राप्रपाको बहिष्कारका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

रास्वपा र राप्रपाको बहिष्कारका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि उक्त विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । त्यसपछि बहुमतले पारित भएको हो । विद्युत खरिद्बारे बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’सम्बन्धी व्यवस्था हटाइएपछि विनियोजन विधेयक पारित भएको हो ।

तर, बजेट पारितको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित रहे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका दुवै दलले बजेटमाथिको छलफल बहिष्कार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार