काठमाडौं । मधेश प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि समितिको संयोजकत्व प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिलाई मधेश प्रदेशको उद्योग क्षेत्रको आधुनिकीकरण, निजीक्षेत्रसँग सहकार्यमा नीतिगत रूपरेखा तय गर्ने र कानुनी जटिलता हटाउने जिम्मेवारी दिइएको छ । समितिमा प्रदेशका अर्थमन्त्री, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष, सम्बन्धित मन्त्रालयका सचिवलगायत सरकारी पदाधिकारीहरू सदस्य छन् ।
निजीक्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, महासंघका उपाध्यक्ष जितेन्द्र महासेठ, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हिरालाल गौतम, सिएनआई मधेश प्रदेश अध्यक्ष प्रमोद शाह र वस्तुगत संघका प्रतिनिधि सुधिर अग्रवाल समितिमा समावेश छन् ।
समितिको सदस्य–सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको मन्त्रालयका अधिकृतस्तरको कर्मचारी रहने व्यवस्था गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com