Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आकाश डिजिटल र दार्चुलाको केदारनाथ सहकारीबीच सम्झौता

आकाश डिजिटल र दार्चुलाको केदारनाथ सहकारीबीच सम्झौता

काठमाडौं । दार्चुला स्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि.बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ मा अवस्थित केदारनाथ सहकारी, सूचना प्रविधिको प्रयोग, संस्थागत सुशासन, नवप्रवर्तन, पारदर्शिता तथा सदस्यहरूको आर्थिक समृद्धिमा सशक्त योगदान दिँदै आइरहेको एक अग्रणी संस्था हो। यो संस्था नेपालको राजधानी काठमाडौंबाट करिब ४० घण्टाको लामो यात्रापछि, र प्रदेश राजधानी धनगढीबाट झण्डै २० घण्टाको यात्रापछि पुगिने दुर्गम भेगमा अवस्थित छ।

देशभर सयौं सहकारीमा प्रविधिमैत्री सेवा विस्तार गरिरहेको आकाश डिजिटलले, यस सम्झौतामार्फत सुदूरपश्चिममा पनि डिजिटल पहुँच विस्तार गरेको छ।

आकाश डिजिटलले भर्खरै  ८औं वार्षिक उत्सव समेत मनाएको छ । ८ औं वार्षिकोत्सवको अवसरमा असार १० गते संस्थाले ५ दिनसम्म सहकारी संस्थाहरूका लागि इन्स्टलेसन शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेको थियो । 

WhatsApp-Image-2025-06-24-at-11.52.52_945b361b.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार