Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आज कामिका एकादशी मनाईंदै

आज कामिका एकादशी मनाईंदै

आज कामिका एकादशी मनाईंदै

काठमाडौं, श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा  विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् ।

हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।

यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ ।

सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाँउदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार  हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ। 

आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन छ । अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ ।

एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैं यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न, अमुक गाँउका एकजना धनी व्यक्तिले झगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ । ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाँउदछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार