Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सुन्दर पिचाई अब बिलिनियर !

सुन्दर पिचाई अब बिलिनियर !

काठमाडौं । अल्फाबेट इन्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुन्दर पिचाई बिलिनियर बन्नुभएको छ । उहाँको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर पुगेको Bloomberg Billionaires Index ले जनाएको छ । अल्फाबेटको सेयर सन् २०२३ यताको सबैभन्दा उच्च भएसँगै पिचाईको पनि कुल सम्पत्तिमा वृद्धि भएको हो । कम्पनीले लगानीकर्ताहरुलाई १२० प्रतिशत रिर्टन दिएको थियो ।

पिचाईको सम्पत्ति वृद्धिको मुख्य कारण अल्फाबेटमा उहाँको हिस्सा (०.०२ प्रतिशत हिस्सा अर्थात् ४४० मिलियन अमेरिकी डलर) र क्यास होल्डिङ भएको बताइएको छ । उहाँको क्यास होल्डिङ पनि बलियो रहेको बताइएको छ ।

पिचाई सन् २००४ मा गुगलसँग आवद्ध हुनुभएको थियो जुन अल्फाबेटको पेरेन्ट कम्पनी हो । सन् १९७२ मा भारतको तलिमनाडुमा जन्मिनुभएका उहाँले मटेरियल साइन्सेज एण्ड इन्जिनियरिङ मा स्नातकोत्तरसँगै एमबीए पनि पूरा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार