Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति बनेको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।”

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । निजी प्रयासमा यो मूर्ति बनाइएको र यहाँ मन्दिर निर्माण जारी रहेको छ । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने बताइएको छ । यहाँ रु ३० हजार १०५ सहयोग गर्नेको नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ । हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार