Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बन्ने

तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बन्ने

काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई देखि तीन वर्षभित्र भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताउनुभएको छ ।

बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले भृकुटिमण्डप परिसरमा अहिले जे जस्ता संरचना छन् ति संरचना भत्काइने छन् र यहाँ अत्याधुनिक, व्यवस्थित, आर्कषक प्रकारको प्रदर्शनी स्थल बन्ने जानकारी गराउनुभयो । त्यसका लागि डिजाइनको लागि विश्व बजारबाट समेत कन्सल्टेन्सी सर्भिस लिन सकिने भन्दै उहाँले त्यो तहमा सरकारले सोचिरहेको बताउनुभयो ।  

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वय हुने विषय पनि हो । म एक वर्ष त भन्न सक्दिन दुई वर्षमा पनि नभ्याइन सक्छ तर ढिलोमा पनि सके दुई वर्ष भित्र नभएपनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भैसक्नेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार