काठमाडौं । काभ्रेपलाञ्चोक-६ बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. (बुसा) ले सदस्यहरुको अपार विश्वासका कारण मुलुकभरका बचत तथा ऋण सहकारीहरुमध्ये बुसा सर्वोत्कृष्ट साकोस हुन सफल भएको भन्दै कृतज्ञता व्यक्त गरेको छ ।
नेफ्स्कूनको ३८ औं स्थापना दिवसका अवसरमा २०८२ साउन ३१ गते नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार-२०८२ बाट पुरस्कृत भएपछि भिडियो प्रतिक्रिया जनाउँदै बुसाले मुख्यतः सदस्यहरुसँगै नियामक निकायहरु, छाता संगठनहरु तथा शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेको हो । साकोका तर्फबाट अध्यक्ष कैलाश केसी तथा प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले भिडियो सन्देशमार्फत साकोसको सफलतामा भूमिका निर्वाह गर्ने सबैप्रति कृतज्ञता जाहेर गर्नुभएको हो ।
नेफ्स्कूनले संघमा आवद्ध संस्थाहरु मध्येबाट एक साकोसलाई नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार प्रदान गर्दै आएको छ । जसअनुसार यो वर्षका लागि बुसा सर्वोत्कृष्ट घोषित भई शनिवारनै पुरस्कृत समेत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले बुसाको टीमलाई पुरस्कार प्रदान गर्नुभएको थियो । बुसाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरी लगायत संस्थाका सञ्चालक र कर्मचारीहरुले पुरस्कार ग्रहण गर्नुभएको थियो । बुसा २०७४ सालमा पनि ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’ बाट पुरस्कृत भएको थियो ।
२०५० सालमा स्थापित बुडोल सामुदायिक साकोसमा हाल १९ हजार ५ सय ७३ जना सदस्य आवद्ध छन् भने कुल सम्पति २ अर्ब १८ करोड रहेको छ । संस्थाको संस्थागत पुँजी १७ करोडभन्दा बढी छ । संस्थाले २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड समेत प्राप्त गरेको थियो भने राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० समेत प्राप्त गरिसकेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com