काठमाडौं । गीता अध्ययन प्रतिष्ठान, नेपालकी अध्यक्ष दुर्गा न्यौपानेले मानिसको चिन्ता र तनाव समाधानमा उपयोगी पुस्तक श्रीमद्भागवतमहापुराण भएको बताउनुभएको छ । भागवत ज्ञानको सागर भएको भन्दै उहाँले सबैलाई पुस्तक पढ्न पनि आग्रह गर्नुभएको छ ।
मान्छे तनाव र चिन्ताबाट किन गुज्रन्छ त्यसको उपाय र समाधान भागवत अध्ययनबाट मिल्ने भन्दै उहाँले जीवनबोधका लागि भागवत अध्ययन आवश्यक भएको बताउनुभएको हो । पुस्तकको गुह्य बुझ्न कठिन भएपनि आफूनो क्षमताले भ्याएँसम्म बुझ्दा आहा लागेको प्रतिक्रिया उहाँले व्यक्त गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज बिहान उत्प्रेरणामूलक पोष्ट गर्दै पोखरा ३० खुदी, ढुङ्गेपाटनस्थित गीता अध्ययन प्रतिष्ठान, नेपालकी अध्यक्ष सामाजिक एवम् धार्मिक अभियन्ता न्यौपानेले लेख्नुभएको छ, ‘यो पढिरहँदा धेरैपटक ध्यान लाग्यो । धेरैपटक आँसु बगे । धेरै पटक हर्षले मन गदगद भयो । यसमा सिद्धान्तको कुरा छ, यो पढिरहँदा सिद्धान्तमा उल्लेख भएका कुराको दृष्टान्त र कथाले अझ छर्लङ्ग भए झैँ भयो ।’ मिठो, सरस, भक्तिभावले ओतप्रोत भएको उक्त पुस्तक जति पढेपनि मन अतृत्प हुने उहाँकोठम्याइ छ ।
लेखनसँगै आध्यात्मिक तथा न्यान क्षेत्रमा संलग्न उहाँ पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । यस्तै, विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि न्यौपानेको संलग्नता पाइन्छ । उहाँको आत्मकथा ‘नदेखिएको घाउ’ प्रकाशित छ ।
यस्तो अद्भूत ग्रन्थलाई नेपालीमा अनुवाद गरेर गुन लगाउनुहुने डा.स्वामीरामानन्द गिरीप्रति उहाँले कृतज्ञता समेत व्यक्त गर्नुभएको छ । उक्त पुस्तक पढ्न आफूलाई ठीक एक वर्ष लागेको उहाँले उल्लेख गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com