Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

उहाँको योग्यताबारे प्रश्न उठेको थियो। त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदनसमेत बुझाएको थियो।

ओझालाई गत फागुन १२ गते सरकारले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार