काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि एकदिने "वाक एन्ड एक्ट" मेगा अभियान सञ्चालन गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण महिनालाई डेंगी रोग सचेतना महिनाको रूपमा मनाउने निर्णयअनुसार गत महिना नियमित अभियान सञ्चालन गरिएको थियो। तथापि, डेंगी रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।
राष्ट्रिय सभा गृहबाट सुरु भएको यो अभियानमा महानगरका सबै वडाहरूमा एकसाथ लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने, र्यालीको क्रममा भेटिएका लामखुट्टेका प्रजननस्थलमा रहेका अण्डा र लार्भा नष्ट गर्ने, साथै आमनागरिकलाई सचेत गराउने कार्य गरिएको छ। अभियानमा महानगरका विभागीय प्रमुखहरू, स्वास्थ्य विभागका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
यो अभियानले काठमाडौं महानगरवासीलाई आफ्नो घर, आँगन र वरपरको वातावरण सफा राख्न, पानी जम्ने ठाउँहरू हटाउन र लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन प्रेरित गरेको छ। महानगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, महानगरवासी, सरकारी तथा निजी कार्यालय, अस्पताल, नर्सिङ होम, विद्यालयलगायत सबै क्षेत्रलाई आफ्नो वरपरको स्थान सफा राख्न आग्रह गरेको छ।
यस अभियानलाई प्रभावकारी बनाउन महानगरका वडाहरूमा रहेका प्रवर्द्धन केन्द्रहरूसँगको सहकार्यमा यस्ता सरसफाइ र सचेतनामूलक कार्यक्रममा सहयोग गर्न महानगर तयार रहेको जानकारी गराइएको छ। यसका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि प्रसाद भुसालसँग समन्वय गर्न सकिने छ। साथै, महानगरको केही सोधपुछ गर्नुपरेमा निःशुल्क टेलिफोन नं. १६६००१०५५११ र ११८० नम्बर मा सम्पर्क गर्न सकिनेछ ।
(स्रोत: मेट्रो न्यूज)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com