Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच आज शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेकी सुआन र राष्ट्रपति पौडेलबीच आज बिहान बिहान शीतल निवासमा भेट भएको हो ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आउनुभएको हो । उहाँ आज नै स्वदेश फर्कदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार