काठमाडौं । जनस्वास्थ्य एवम् पोषणविद् डा.अरुणा उप्रेतीले हाम्रो शरीर तथा स्वास्थ्यको लागि माछामासु आवश्यक पर्छ भनेर पश्चिमाहरुले घोकाएको ज्ञान सही नभएको बताउनुभएको छ । हाम्रो पूर्वीय दर्शनका ज्ञान र सिकाइहरुनै शरीर र मस्तिष्क स्वास्थ्यका लागि लाभदायक भएको उहाँले तर्क गर्नुभयो ।
नेपाल शाकाहारी संघले काठमाडौंमा आयोजना गरेको 'अहिंसा महोत्सव नेपाल २०८२' को दोस्रो दिन स्वास्थ्यमा पुनर्विचारः वनस्पतिमा आधारित मानवजीवनको मिथ्या, विज्ञान र सामर्थ्यबारे प्रस्तुतीकण गर्दै उहाँले भन्नुभयो, ‘माछा, मासु नखाई प्रोटिन पुग्दैन आइरन कमी हुन्छ भनेर पश्चिमाहरुले जुन हामीलाई घोकाएको घोकाएकै छन् त्यो होइन भनेर सिद्ध भैसकेको छ ।’ त्यस्तै, मासंहार नगर्दा भिटामिन बी टुबेल कमी हुन्छ भन्ने कुरा पनि पूर्ण सही नभएको तथ्यबारे अमेरिकामा रहनुभएकी आफ्नी दिदीको उदाहरणसमेत उहाँले प्रस्तुत गर्नुभयो ।
हाम्रो खाना सही सन्तुलित, व्यवस्थित अनि वैज्ञानिक हुँदा माथि उल्लेख गरिएका अल्पताहरु नहुने महिला अधिकारकर्मी एवम् लेखक डा. उप्रेतीले बताउनुभयो । खानासँगै जीवनशैली, व्यायाम, चिन्तन आदि धेरैकुराले स्वास्थ्यमा प्रभाव पार्ने उहाँले बताउनुभयो ।
हामीले के खान्छौ ? हामी कसरी सुत्छौं ? कस्तो किसिमको हाम्रो हिडाइ छ ? कस्तो व्यवहार गर्छौं आदि कुराले स्वास्थ्यमा सोझो प्रभाव पार्ने दाबी उहाँले गर्नुभयो ।
वनस्पतिमा आधारित जीवनशैलीको कुरा गर्दै डा. उप्रेतीले आफूले ७५ वर्षकी हजुरआमा (जो उहाँ १० वर्षको हुँदा बित्नुभएको थियो) को जीवनशैली अहिले अगाल्न थालेको र त्यसले सकारात्मक प्रभाव पारेको सुनाउनुभयो । हाम्रा पूर्खाहरुको दिएको ज्ञानले शारिरीक मात्र होइन मानसिक स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेल्दोरहेछ भनेर अहिले विज्ञानले सिद्ध गरेको उहाँले बताउनुभयो ।
वनस्पतिमा आधारित भोजनले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । यसबारे हावर्ड विश्वविद्यालयकी प्राध्यापक मनोचिकित्सक गहकिलो अध्ययन, अनुसन्धान र विश्लेषण गरेर दिस इज योर ब्रेन अन फुड नामक पुस्तककै तयार पारेको भन्दै सबैलाई उक्त पुस्तक पढ्न समेत उहाँले सुझाउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com