Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

संचालकहरु बदमास भएर नै सहकारीमा समस्या आएको हो: भक्तपुर बचत संघ अध्यक्ष

संचालकहरु बदमास भएर नै सहकारीमा समस्या आएको हो: भक्तपुर बचत संघ अध्यक्ष

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशन तथा मापदण्डका विषयमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशनको बारेमा सुसूचित  गर्ने उद्धेश्यका साथै एकीकृत धारणा बनाउनको लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संघले एक सदस्य एक सहकारीको विषयमा वकालत गर्दै आइरहेको उहाँको भनाइ थियो ।

सहकारी दोहोरो सदस्यताले विग्रेको नभई संस्थाका संचालकहरु बदमास भएर नै सहकारी समस्या आएको उहाँको दाबी थियो । सहकारी संघ संस्थाका संचालक नै दुई कार्यकाल भनेर निर्देशन आएकोमा संघहरुको लविंग पश्चात अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकको हकमा दुई कार्यकाल बस्न पाईने प्रावधान आएको उहाँले बताउनुभयो । संघमा रहेको सहकारी संस्थाको बचत मौज्दातलाई तरलता गणना नगरिएको विषयमा पनि संघले लविंग गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।

542752840_3643256255808687_3299431969781350540_n.jpg
संघका अध्यक्ष कृष्णगोविन्द लाखाजू

तेस्रो पक्षको धितो नलिनु भन्ने विषयमा म्याद थप्नुपर्ने धारणा उहाँको थियो । कार्यक्षेत्र भित्र व्यवसाय गरेकोले मात्र ऋण लिनपाइने विषयका साथै संघ संस्थाको तरलता १५ प्रतिशत नपुगेमा लाभांश वितरण गर्न नपाइने अन्यथा संचालक र व्यवस्थापकले दामासाहीले तिर्नुपर्ने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो ।  नेपालको संविधानमै सहकारी संघ संस्थालाई संघीयले मात्र नियमन गर्ने भन्ने व्यवस्था रहेको र सोही व्यवस्था अनुसार संघीयले मात्र नियमन गर्नुपर्ने उहाँले जनाउनुभयो ।

542670859_3643256462475333_725286862294294065_n.jpg
संघका उपाध्यक्ष हरिकृष्ण बल्ल

उक्त कार्यक्रममा संघका उपाध्यक्ष हरिकृष्ण बल्लले स्वागत गर्दै संघमा आवद्ध सहकारी संस्थाहरुलाई सहकारी विभागबाट जारी भएको एकीकृत निर्देशनबारे सूसूचित गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । साथै निर्देशनले सहकारी संस्थालाई सही दिशामा दोहोर्याउने र सहकारी संस्थालाई मर्यादित बनाई सुशासन प्रवद्र्धन टेवा पु¥याउने भएकोले जारी निर्देशनप्रति सकारात्मक हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

541525963_3643257029141943_935040553550082055_n.jpg
सहभागीहरु

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी विभागले जारी गरिएको एकीकृत निर्देशन, २०८२ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश लगायत नियामकीय निकायबाट जारी निर्देशनहरु दोहोरिने र एक आपसमा बाझिने समस्या भएकोले एकद्वार प्रणालीबाट मात्र निर्देशन जारी गरी कार्यान्वयनमा सम्बन्धित सम्पूर्ण नियमनकारी निकायले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।  उक्त कार्यक्रममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट र संघका पदाधिकारी एवम् कर्मचारीहरु समेत गरी १०७ जनाको सहभागिता थियो ।

542222357_3643256795808633_4948179947266323203_n.jpg
सहभागीहरु

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार