काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले नियामकीय निर्देशन पालना गर्दै गैर सदस्यरहित साधारण सभा सम्पन्न गरेको छ । संस्थाको १५औं वार्षिक साधारण सभा भदौ २१ गते शनिबार सम्पन्न भएको छ । ज्योतिपुञ्ज साकोसले आसनग्रहण, अतिथिका लम्बेतान मन्तव्य, मायाको चिनो, खादामाला जस्ता अनावश्यक कुराहरु कटौती गरी सिधै एजेण्डागत रुपमा प्रस्तुति र छलफल गरी छोटो, मिठो र मितव्ययी तरिकाले उत्साहपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न गरेको छ । गैर सदस्य अतिथि वा नियामकी भूमिकारहेकाहरु वा राजनीतिक व्यक्तित्वहरुको उपस्थिति बिना तर सदस्यको उल्लेख्य सहभागितामा कार्यसूची केन्द्रित साधारण सभा सम्पन्न गरी ज्योतिपुञ्ज साकोसले उदाहरणीय काम गरेको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, विनियम संशोधन, आन्तरिक नीति तथा कार्यविधि लगायत १२ वटा एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष नवीन श्रेष्ठले सहकारीका सिद्धान्त र मूल्य अनुरुप संस्थाले सदस्यहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यावरणीय विकासलाई प्राथमिकताको अग्रभागमा राखेर नीति, कार्यक्रम र उत्पादन सेवाहरु विकास गर्दै आएको कारण ज्योतिपुञ्ज सहकारी सबल र सफल सहकारीहरू मध्ये एक उदाहरणीय संस्थाको रुपमा स्थापित भएको बताउनुभयो । संस्थालाई व्यवस्थित, पारदर्शी, व्यावसायिक बनाउँदै सुशासनका नमुना अभ्यासहरूको प्रयोग भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८१/८२ मा २ करोड ७२ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ३७ करोड पुगेको छ भने जगेडा कोषमा १२ करोड ४४ लाख रुपैयाँ रहेको छ । २०८१ र ८२ को मुनाफबाट सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांश बाढ्ने प्रस्ताव साधारण सभाले पारित गरेको थियो।
संस्थाले चालु आर्थिक वर्षमा सेयर पुँजी ९ करोड ५ लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याउने लक्ष्य संस्थाले राखेको छ । त्यस्तै बचत १ अर्ब ४ करोडबाट बढाएर १ अर्ब १५ लाख, लगानी १ अर्ब १ करोडबाट बढाएर १ अर्ब १६ करोड र जगेडा तथा कोषहरु १४ करोड ७३ लाखबाट बढाएर १५ करोड ८५ लाख पुर्याउने लक्ष्य लिएको जानकारी सभामा गराइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com