Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चिनारी साकोसको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, ज्ञानलाल श्रेष्ठ अध्यक्षतामा नयाँ सञ्चालक समिति

चिनारी साकोसको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, ज्ञानलाल श्रेष्ठ अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाडौं । गोकर्णेश्वर-४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असोज ४ गते शनिबार सम्पन्न सत्रौ वार्षिक साधारणसभाले  ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा शुभलक्ष्मी श्रेष्ठको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

नियामकीय निर्देशनहरुको पालना गर्दै सभ्य र भब्य रूपमा वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ । जेष्ठ शेयर सदस्यहरुले सामुहिक रुपमा सभाको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष न्हुछे नारायण श्रेष्ठ मिलनको अध्यक्षता सञ्चालित सभाको कार्यक्रम सञ्चालक सञ्चालक रिता श्रेष्ठले गर्नुभएको थियो । सभाले वार्षिक प्रतिवेदन लगायतका सबै प्रतिवेदनहरु उपर छलफल चलाई पारित गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक  कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । 

निर्वाचन प्रयोजनका लागि प्रेमलाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो । नवनिर्वाचित दुबै समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजकले सपथ ग्रहण गराई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष न्हुछे नारायण श्रेष्ठले बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको थियो । यसैगरी, नव निर्वाचित अध्यक्ष ज्ञानलाल श्रेष्ठले प्रतिवद्धता मन्तब्य सहित धन्यवाद  दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।

549784632_24025483610463100_8162199082236696198_n.jpg
सत्रौ वार्षिक साधारणसभा
549680298_24025482687129859_416459626327084455_n.jpg
सत्रौ वार्षिक साधारणसभा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार