Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

‘वैद्धिक ज्ञानमाला’ तथा ‘मधुरवाणी’ लोकार्पण

‘वैद्धिक ज्ञानमाला’ तथा ‘मधुरवाणी’ लोकार्पण

काठमाडौं । अध्यात्मवादी चिन्तक नारदमणि पौडेलद्वारा लिखित पुस्तकहरू ‘वैद्धिक ज्ञानमाला’ तथा ‘मधुरवाणी’ सार्वजनिक भएका छन् । आइतबार पशुपतिस्थित शंकराचार्य मठको सभाकक्षमा आयोजित एक समारोहबीच उक्त पुस्तक सार्वजनिक भएका हुन् ।

दिव्यपुरी आध्यात्मिक केन्द्र आयोजक रहेको कार्यक्रमको सभापतित्व लेखक पौडेलले हुनुहुन्थ्योे भने प्रमुख अतिथि प्राडा.ऋषिराम पोखरेल रहनुभएको थियो । राजु बस्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा.वासुदेव खनाल तथा पं.वेदप्रसाद पन्थले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उपप्राध्यापक डा.विनुबाबा अर्यालले लोकार्पण भएका पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो । कार्यक्रममा कलाकारहरूले भगवान् रामसम्बन्धी भजन गाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार