काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भेटिएको भनिएको नगद रकम बारे छानबिन सुरु भएको बताएकी छिन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार विरुद्धको अभियान सुरु भएको बताएकी छन् । सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको भन्दै भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई कारबाही प्रक्रिया अघि बढाइने उनले बताइन् ।
‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको उनको भनाइ थियो । उनले सरकारले इमानदार प्रयास गरिहेको बताउँदै समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण बताउन सम्बद्ध सबैलाई आग्रह गरेकी छन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न समेत अपिल गरिन् ।
उनले विदेशबाट समेत मतदान गर्न पाउउने व्यवस्थाका लागि छलफल भइरहेको जानकारी दिइन् । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि छलफल भइरहेको बताएकी छिन् । देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मताधिकारका लागि निर्वाचन आयोगसँग छलफल भइरहेको बताएकी हुन् । कार्कीले भनिन्, 'रोजगारीका लागि विदेशमा रहेकाहरूलाई मताधिकारको सम्भावनाका लागि निर्वाचन आयोगसँग छलफल भइरहेको छ ।
आउँदो २१ फागुनमा हुने चुनावमा वैदेशिक रोजगारमा रहेकाहरूलाई मताधिकार दिने प्रयास भइरहेको छ । प्राविधिक रूपमा अध्ययन भने आयोगले गर्नेछ । त्यस्तै आन्दोलनमा भएको क्षतिबारे विवरण संकलन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बनाएको र काम सुरु गरेको जानकारी दिइन् ।
पुनर्निर्माण गर्नुपर्ने सरकारी संरचनाका लागि नागरिकस्तरमा पनि सहयोग आह्वान गरिएको प्रधानमन्त्री कार्कीले बताइन् । यसैगरी, प्रधानमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताइन् । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com