Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भिआईपीका सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थको ताकेता

भिआईपीका सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थको ताकेता

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक तथा प्रशासनिक पूर्वपदाधिकारीको सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन्।

उनले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायत भिआइपीको सुविधा रोक्न शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्र पठाए। अर्थ मन्त्रालयको पत्रअनुसार भीआइपीको सवारीसाधन र सुरक्षाकर्मी फिर्ता गराइने भएको छ।

भिआइपीका नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा उपभोग गर्दै आएकाहरुलाई तत्काल सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी तथा अन्य सेवा सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले पत्र काटेको हो।

अर्थमन्त्री खनालको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले खर्च कटौतीको निर्णय गरेको थियो। पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतका भीआइपीलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्था छैन। सेना र प्रहरीका अवकाशप्राप्त हाकिमका घरमा काम गर्न बाध्य पारिएका सुरक्षाकर्मी पनि फिर्ता हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार