Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन विभागको आग्रह

कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन विभागको आग्रह

काठमाडौं। भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि औषधि व्यवस्था विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । औषधिको सुरक्षित र प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन विभागले आग्रह गरेको हो ।

भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको कफ सिरपमा विषाक्त रसायन पाइएको छ । दूषित कफ सिरपको कारणले अगस्टको अन्त्यदेखि मध्य प्रदेश र राजस्थान राज्यमा ९ वर्ष मुनिका १४ बालबालिकाको मृत्यु भएको हो कि भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

औषधिको एक ब्याचमा खतरनाक मात्रामा विषाक्त रसायन भेटिएपछि शनिबार संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अनुसन्धानको निर्देशन दिएको थियो ।

मन्त्रालयले दक्षिणी राज्य तमिलनाडुमा स्रेसन फार्माद्वारा निर्मित कोल्ड्रिफ कफ सिरपको नमुनाहरू राज्य अधिकारीहरूले परीक्षण गर्दा अनुमति योग्य सीमाभन्दा बढी डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको बताएको छ ।

उक्त रसायन औद्योगिक घोलकहरूमा प्रयोग हुने विषाक्त पदार्थ हो । जुन थोरै मात्रामा पनि सेवन गर्दा घातक हुनसक्छ । ‘नमुनाहरूमा अनुमतियोग्य सीमाभन्दा बढी रसायन पाइएको छ,’ भारतीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ ।

मध्य प्रदेशभर सिरप उत्पादन गर्ने कम्पनीका अन्य उत्पादनहरूको बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ । तर, उक्त समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार