Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ। आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने सक्ने छन्।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

साथै काठमाडौँ उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ (मिनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिनेछ।

558968948_1202463055248922_7588714575335546016_n.jpg
सूचना

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार