Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
दिदीबहिनी नहुनेका लागि

रानीपोखरीस्थित बालगोपालेश्वर र जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भाइटीका लगाइँदै

रानीपोखरीस्थित बालगोपालेश्वर र जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भाइटीका लगाइँदै

काठमाडौं । दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर र जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा भाइटीका लगाइँदैछ । 

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश गरेका मानिस पोखरीमा हामफाल्ने समस्या बढेपछि बन्द गरिन्थ्यो। विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। 


यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।

त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ। 

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ। भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार