Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जेनजी आन्दोलनले पुर्याएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा टोली परिचालन

जेनजी आन्दोलनले पुर्याएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा टोली परिचालन

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनर्निर्माण योजना तयारीका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् ।

राष्ट्रिय योजना आयोगका अनुसार करिब १० दिनभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको छ । तथ्याङ्क सङ्कलनमा एकरूपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित पालिका तथा प्रदेश र सङ्घका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

क्षति पुगेका ४४ जिल्लाका पालिका, प्रदेश र सङ्घीय सरकारका विषयगत मन्त्रालय एवम् केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । सङ्कलित तथ्याङ्क तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार