काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। अलायन्सले विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले फेरि सुकुमबासी बस्तीहरूमा डोजर लगाउने तयारी गरेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहरका अतिक्रमित जमिनमा बनाइएका संरचना हटाउने अभियानलाई प्राथमिकता दिइरहेका बेला जेनजीले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षणसहितको चेतावनी जारी गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको यति ठूलो हिस्सा आफ्नै देशमा कसरी भूमिहिन र विस्थापित बनाइए भन्ने ऐतिहासिक शृंखलाबद्ध राज्यको बदमासी, सामाजिक असंवेदनशीलता, विभेद, द्वन्द र बहिष्करणको ख्याल नराखी यस्ता निर्णय गरिनु खेदजनक छ । मौजुदा ऐन(कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भए पनि त्यसलाई पूरा नगरीकन आतंक र भयको वातावरण सिर्जना गरिएको छ। यसले नागरिकको अधिकारलाई कुण्ठित गरेको छ।’
‘जेनजी मुभमेन्ट अलायन्स’ले महानगरपालिकालाई सम्बन्धित समुदायसँग सहमति गरेर बस्तीको उपयुक्त व्यवस्थापन गर्न माग गर्दै काठमाडौँलाई सबैको साझा सहर बनाउन आह्वान गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com