काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प सुझाएको छ । ती विकल्पहरु प्रयोग गर्न सकिने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानको अध्ययन निष्कर्ष अनुसार मतदानको अनिवार्यता, मतदान गर्न दिँदा हुने जोखिम र मतदानको मार्गचित्रसहित सरकारलाई तीन विकल्प सुझाउने तयारी भएको हो ।
प्रतिष्ठानले आई–भोटिङ विधिको प्रयोग, सूचना प्रविधिको सहयोगमा हुलाकबाट गरिने मतदान र सम्बन्धित देशको कूटनीतिक नियोगमा भौतिक उपस्थितिमा मतदान गर्नेमध्ये एक विकल्प छनोट गर्न सकिने निष्कर्ष निकालेको छ ।
आई–भोटिङ विधिमार्फत मतदान गराउँदा सर्वसुलभ, मितव्ययी, किफायती, पहुँचयोग्य, चुस्त, पारदर्शी, सहभागितामूलक, सुरक्षित र प्रभावकारी हुने प्रतिष्ठानको निष्कर्ष छ ।
प्रतिवेदनमाथिको छलफलमा बोल्दै प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माले सरोकारवालाबाट आएका सबै सकारात्मक सुझावहरूको आधारमा प्रतिवेदन तयार पारिएको बताउनुभयो ।
प्रतिष्ठानले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन विद्यमान निर्वाचनसम्बन्धी कानूनहरूमा परिमार्जन आवश्यक रहेको पनि जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com