Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

व्यवसाय सम्बर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

व्यवसाय सम्बर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले नवीन तथा सिर्जनशील सोच (स्टार्टअप) मा आधारित व्यवसाय स्थापना तथा सञ्चालन गर्न चाहने नवउद्यमी व्यवसाय सम्बर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकार, विश्वविद्यालय र निजी क्षेत्रका संघसंस्थासँगको सहकार्य तथा साझेदारीमा व्यवसाय सम्वद्र्धन सेवा स्थापना, सञ्चालन र व्यवस्थापन गर्नका लागि यो कार्यविधि ल्याएको हो । 

नवीन तथा सिर्जनशील सोचमा आधारित नयाँ व्यवसाय स्थापना तथा सञ्चालन तथा पहिलेदेखि सञ्चालनमा रहेका उद्यमी व्यवसायीहरुलाई आवश्यक पर्ने प्रशिक्षण, परामर्श र उद्यमशीलतासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको हो ।

कात्तिक ३० गते स्वीकृत कार्यविधिअनुसार विश्वविद्यालय, शैक्षिक संस्था वा निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गरी व्यवसाय सम्बद्र्धन सेवासम्बन्धी गतिविधि सञ्चालनमा ल्याउनेछ ।

कार्यविधिअनुसार नवीन तथा सिर्जनशील सोच९स्टार्टअप० को आधारमा व्यवसाय स्थापना वा सञ्चालन गर्न चाहने तथा व्यवसाय सञ्चालन गरिरहेका उद्यमीमध्ये तीव्र बृद्धिको सम्भावना भएका उद्यमीलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत प्रशिक्षण, परामर्श र आवश्यक सेवा उपलब्ध गराइनेछ ।

मन्त्रालयका अनुसार प्रशिक्षण, परामर्श र आवश्यक सेवा प्रतिष्ठानले स्थापित गर्ने केन्द्रमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ । यस्तो प्रशिक्षण, परामर्श र आवश्यक सेवा भने संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकार, विश्वविद्यालय, शैक्षिक संस्था, निजी क्षेत्रका संघसंस्थाको सहकार्यमा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार