काठमाडौं । पाटन संयुक्त क्याम्पस, नेपाली विभागको 'संज्ञान विमर्श' अन्तर्गतको चौथो शृङ्खला आज (१२ मङ्सिर २०८२, शुक्रबार) सम्पन्न भएको छ । विमर्शको यस अङ्कमा कथाकार राजबाबु श्रेष्ठ सागर र उनको नवीन कथाकृति 'फिर्दोसको साँचो' लाई सन्दर्भमा राखी समालोचकीय दृष्टिकोण प्रस्तुत गरिएको छ ।
नेपाली विभागका विभागाध्यक्ष सहप्रा. माधव उपाध्यायको सभाध्यक्षतामा सम्पन्न विमर्श कार्यक्रममा विभागका उपप्रा. डा. शोभा ढुङ्गानाले श्रेष्ठको यस कृतिमाथि समालोचकीय टिप्पणी प्रस्तुत गरिन् । उनले श्रेष्ठका कथाहरू आध्यात्मिक जीवन दर्शनमा आधारित भएको बताइन् । उनले कथामा वर्गीय जटिलता अभिव्यक्त भएको सन्दर्भ प्रस्तुत गर्दै कथाकारको प्रस्तुति शिष्ट बन्न सके आगामी यात्रा अझै समृद्ध बन्न सक्ने विचार प्रस्तुत गरिन् । त्यस्तै, अर्का समालोचक उपप्रा. विष्णु ज्ञवालीले अन्य साहित्यकारबाट नछोइएको द्वीप, श्रेष्ठले कथामा उठान गरेको धारणा राखे । उनले विषयवस्तुका हिसाबले यस कृतिका कथाको केन्द्रीय विषय मान्छे बनेको धारणा प्रस्तुत गरे । ज्ञवालीले प्रयोगशीलता कथाकार श्रेष्ठको विशेषता बनी प्रकट भएको अभिमत प्रस्तुत गरे ।
शुभकामना मन्तव्य राख्ने क्रममा उपप्रा. डा. जीवन श्रेष्ठले नेपाली कथालेखनको यात्रामा श्रेष्ठको स्थान निर्धारण गर्नु समालोचकको कर्तव्य भएको बताएका छन् । त्यस्तै, उपप्रा. डा. महानन्द जोशीले कथाको सैद्धान्तिक धरातल समाती अघि बढ्न सके कथाकारको कथाशिल्प मजबुत बन्ने अभिमत प्रस्तुत गरे । मिश्रित चेतनाका कथा लिएर श्रेष्ठ अघि बढेका भनी उपप्रा. डा. सारदा लामिछानेले कथाकारको शक्ति चिनाएकी छन् ।
उपप्रा. चतुर्भुज केवरतले अर्थका तहभित्र प्रवेश गरी कृतिको बोध गर्न पाठक स्वतन्त्र रहेको धारणा अघि सारे । विभागीय प्रमुख माधव उपाध्यायले कथाकार श्रेष्ठलाई शुभकामना दिँदै पाटन संयुक्त क्याम्पस, नेपाली विभागले यस प्रकृतिका विमर्श कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । विभागका प्राध्यापक तथा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको समुपस्थितिमा विभागले अबदेखि हरेक महिनाको अन्तिम शुक्रबार 'संज्ञान विमर्श' मा स्रष्टा, कृति, विचारक, विचार र सिद्धान्तमाथि छलफल तथा विमर्श गरी ज्ञाननिर्माणको अभियान अघि बढाउने योजना सार्वजनिक गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com