काठमाडौं । १६ मंसिर, काठमाडौं। काठमाडौं बुढानिलकण्ठ नगरपालिका स्थित स्टार होटल रोयल आस्टोरियामा १७ गते देखि १९ गते सम्म तिन दिन सञ्चालन हुने ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ।
ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपाल, भारत र श्रीलंका गरि तिन राष्ट्रका ४४५ विद्यार्थीको सहभागिता रहने पक्का भइसकेको छ। विद्यार्थी बीच चेस खेलको नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्र-छात्रा प्रतिस्पर्धामा उत्रने छन्।
स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरुले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन्। हरेक विधामा नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल ३ लाख पुरस्कार सहित आवास एवं खाना गरि २० लाख खर्च हुने अनुमान गरिएको छ। टिआइएका प्रिन्सिपल नीरा प्रधानले विदेशी चेस खेलाडी सहित नेपालका ७ प्रदेशवाट पनि विद्यार्थी सहभागी गरि आयोजना गर्न पाउनु प्रतियोगिता स्वयं मै उपलब्धि भएको जानकारी गराएका छन्।
विद्यार्थी खेलाडीले सर्वाधिक पुरस्कार धनराशीको प्रतियोगितामा सहभागी हुन पाउनु चेस प्रोफेसनल तर्फ अग्रसर भएको सिइओ कर्मा सोनाम वाङ्दी शेर्पाले बताए। प्रतियोगिताको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघ अध्यक्ष हेराकाजी महर्जन एवं पुरस्कार वितरण तथा समापन खेलकुद मन्त्री बब्लु गुप्ताले गर्ने तय भएको संयोजक उज्जवल रिजालले जानकारी गराए।
प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाका अनुसार स्पर्धा अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरिने बताएको छ। प्रतियोगिताको मिडिया पार्टनर प्राइम टेलिभिजन तथा बुद्धिचाल महासंघ प्रचार विभागले संप्रेषण गर्नेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com