Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us
राष्ट्रपतिको चासो

सहकारीका समस्या छिटो टुङ्गो लगाउन निर्देशन

सहकारीका समस्या छिटो टुङ्गो लगाउन निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्या छिटो टुङ्गो लगाउन सम्बन्धित मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको छ । सहकारी समस्याका सम्बन्धमा चासो व्यक्त गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या बारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुङ्गो लगाउन निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न निर्देशन दिनुभएको थियो । 

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई सङ्कटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र तीन वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार