काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफूले काम सुरु गरेको बताएकी छन् । भरतपुर अस्पतालको ट्रमा सेन्टर उद्घाटन कार्यक्रममा डा.गौतमले स्वास्थ्य प्रणाली सुधारका लागि आफ्ना तीनवटा क्षेत्र भएको उल्लेख गर्दै पहिलो प्राथमिकता स्वास्थ्य बीमा रहेको स्पष्ट पारिन ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले गत वर्ष अस्पतालले बीमामार्फत गरेको उपचारको भुक्तानीका लागि एक अर्ब रुपैयाँभन्दा बढी दाबी गरेकोमा आधा रकम मात्रै प्राप्त भएको बताएका थिए ।
मन्त्री गौतमले भनिन्, ‘बीमा ठीकसँग चलेको छैन । यसरी चल्ने हो भने डाक्टर सापले भने जसरी अस्पताल धारासायी हुन सक्छन् भन्ने कुरा साँचो हो पनि । हामीले करोडौँ रुपैयाँ तिर्न सकेका छैनौँ ।
उनले भनिन, बीमा भुक्तानीका लागि दिनमै ६० हजार क्लेम आउने गरेको छ । ‘
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com