नवलपुर । जिल्लाको देवचुली नगरपालिका–१० स्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले धितो जमानतमा ऋण लगानी सुरु गर्ने उद्देश्यका साथ धितो ऋण लगानी व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। सहकारीले हालसम्म बचत सुरक्षणको आधारमा मात्र ऋण लगानी गर्दै आएको अवस्थामा अबदेखि धितोमा आधारित ऋण लगानीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन तालिम आयोजना गरिएको हो।
तालिमको अध्यक्षता संस्थाकी अध्यक्ष रुपाकुमारी डुम्रे न्यौपाने ले गर्नुभएको थियो। तालिममा प्रमुख प्रशिक्षकका रूपमा उमापति भट्टराईले सहभागिता जनाउँदै धितो ऋण लगानीसँग सम्बन्धित सम्पूर्ण पक्ष समेटेर प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा भट्टराईले धितो ऋणको अवधारणा, कर्जा लगानीका आधारहरू, ऋण कार्यविधि तयार गर्ने प्रक्रिया, ५C विश्लेषण (Character, Capacity, Capital, Collateral, Condition), धितो मूल्यांकन विधि, कर्जा जोखिम पहिचान तथा न्यूनीकरण, कानुनी जोखिम, कर्जा अनुगमन, किस्ता व्यवस्थापन तथा असुली प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो।
तालिमलाई अझ प्रभावकारी बनाउन सहभागीहरूलाई व्यवहारिक अभ्यास, केस स्टडी र समूह छलफल समेत गराइएको थियो। यसले सहभागीहरूलाई वास्तविक परिस्थितिमा धितोमा आधारित ऋण लगानी गर्दा अपनाउनुपर्ने प्रक्रिया र सावधानी बुझ्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।
तालिममा संस्थाका सञ्चालक समिति सदस्यहरू, सल्लाहकार, ऋण उप–समिति, अन्य विषयगत उप–समिति तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले धितो मूल्यांकन, कानुनी कागजातको महत्व, जोखिम व्यवस्थापन र दिगो कर्जा लगानीका विषयमा स्पष्टता प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सरस्वती घिमिरे ले गर्नुभएको थियो। उहाँले तालिमले संस्थालाई बचत सुरक्षणमा आधारित ऋण लगानीबाट धितोमा आधारित ऋण लगानीतर्फ सुरक्षित रूपान्तरण गर्न महत्वपूर्ण आधार तयार गरेको बताउनुभयो।
संस्थाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा सुरक्षित, अनुशासित र जोखिमन्यून धितो ऋण लगानी प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ। यसले सहकारीको वित्तीय सुदृढता बढाउनुका साथै सदस्यहरूलाई दीर्घकालीन र विश्वासयोग्य कर्जा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com