मोरङ । लेटाङ साकोसको ३३ औ स्थापना दिवस मंसिर २९ गते संस्थाको सभाहलमा संस्थाका अध्यक्ष कृष्णप्रसाद निरौलाको अध्यक्षता, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा प्रदेश बचत तथा ऋण सहकारी संङ्घ लि कोशीका अध्यक्ष हरी प्रसाद सुबेदी र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष टिकाप्रसाद राई, पुर्व अध्यक्ष मित्रप्रसाद भण्डारी, नगेन्द्रप्रसाद घिमिरे , गोपाल वारकोटी, लेटाङ वडा नं का अध्यक्ष भुम सुर्य मगरको आतिथ्यतामा संचालन भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता कुमारी निरौलाले उपस्थित सहभागीहरुलाई स्वागत तथा संस्थाका कोषाध्यक्ष तुलसीराम खनालले संचालन गरेको कार्यक्रममा संस्थाका संस्थापक सदश्य सम्मान, ६० बर्ष जेष्ठ सम्मान, पुर्व संचालक नरेन्द्रराज शर्मा घिमिरेलाई सम्मान, कर्मचारी बचत बिभाग प्रमुख कोपिला तामाङलाई सम्मान, संस्थाको चालु आर्थिक वर्षको साधारण सभाबाट अनुमोदित उत्कृष्ट ऐच्छिक बचत, मासिक बचत सम्मान, ऋणी सदश्य सम्मान, दैनिक बचत सम्मान, बाल बचत सम्मान, शेयर कारोबार सम्मान, उद्यमी सम्मान, कृषि तथा पशुपालन सम्मान गरिएको थियो ।
त्यसै गरी शैक्षिक सम्मानमा एस ई ई ,+२, स्नातक तहमा १/१ छात्ररछात्रा सम्मान र कृष्ण बिष्ट छात्रवृतिकोष र बाल सृजना प्रतिभा छात्रवृत्ती कोषबाट सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट हुने २/२ छात्रर छात्रालाई पुरस्कृत गरिएको थियो भने संस्थाले संचालन गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने क्रमश रक्षा ओझा, शिला खतिवडा र ललिना पोख्रेललाई पुरस्कृत गरिएको थियो ।
३३ औ स्थापना दिवसको अवसरमा संस्थाले न्यानो माया कार्यक्रम, जेष्ठ सम्मान, संस्थाका ऋणी सदश्यहरुसङ परामर्श, अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता, रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, बाल बालिका सङ लेटाङ साकोस, नया सदश्य स्वागत सहितको वित्तीय साक्षरता सहकारी शिक्षा र स्थापना दिवस कार्यक्रम सहित ९ वटा सामुदायिक, शैक्षिक, स्वास्थ्य, बालबालिका मैत्री, सहकारी शिक्षा क्षेत्रका कार्यक्रम हरु संचालन गरेको थियो ।
लेटाङ साकोसले ३३ औ स्थापना दिवस सभ्य र भब्यरुपमा सफल बनाउन योगदान गर्ने सम्पुर्णमा हार्दिक आभार समेत व्यक्त गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com