काठमाडौं । सहकारी विभागले नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइको गोएमएल प्रणालीमा आवद्ध भई शंकास्पद तथा सीमा कारोवार र गतिविधि (एसटीआर/एसएआर तथा टीटीआर) सम्बन्धी रिपोर्टिङ समयमै गर्न सहकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ । विभागका तर्फबाट रजिष्टर उमेश ढुङ्गानाले सूचना जारी गरी एसटीआर एसएआर तथा टीटीआर सम्बन्धी प्रतिवेदन गोएमएलमार्फ गर्न आग्रह गरिएपनि सबै सहकारीहरुले त्यसको पालना नगरेको भन्दै सेचत तुल्याएका छन् ।
विभागको सूचनामा भनिएको छ, 'वित्तीय जानकारी इकाइको उक्त प्रणालीमा आवद्ध भई कारोवारको प्रतिवेदन गर्नका लागि यस अघि पनि पटक पटक निर्देशन जारी गरिएकोमा हालसम्म उक्त प्रणालीमा आवद्ध हुने सहकारी संस्थाहरुको संख्या २२०० मात्र भएको पाइएकोले आवद्ध हुन वाँकी सहकारी संघ संस्थाहरु उक्त goAML System मा यथाशीघ्र आवद्ध हुन यो सूचना जारी गरिएको छ ।'
विभागले भनेको छ, 'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ (ध) र १० (क) अनुसार सहकारी संस्थाहरुले संस्थामा भएको कारोवारको आधारमा शंकास्पद कारोवार/गतिविधि प्रतिवेदन (STR/SAR) तथा सीमा कारोबार विवरण (TTR ) हरु वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने व्यवस्था रहेको छ ।'
विभागको सूचनमा भनिएको छ,'सहकारी विभागले जारी गरेको “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन, २०७४” को २१ (२) मा “सहकारी संघ/संस्थामा भएको कारोवारको आधारमा सीमा तथा शंकास्पद कारोवार वित्तीय जानकारी इकाईमा पेश गर्नु पर्ने अवस्थामा सीमा तथा संकास्पद कारोवार/ क्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा वित्तीय जानकारी इकाईको BoAML System (Production Environment) वाट मात्र पेश गर्नु पर्नेछ । यसको लागि संघ/संस्थाहरुले आफ्नो कोर सिस्टम वा अन्य विद्युतीय माध्यममा सदस्यको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ । विभागको सूचनमा भनिएको छ।”
नेपाल राष्ट्र वैंक, वित्तीय जानकारी इकाइले मिति २०८२ / २ / ८ मा जारी गरेको सूचनावाट सवै सूचक संस्थाहरुले goAML System (Production Environment) मा रजिष्टर्ड भई (STR / SAR / TTR) को रिपोर्टिङ्ग Web / XML माध्यमबाट गर्नुहुन अनुरोध गरिएको छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com