Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन

लघुवित्तहरुले कार्यक्रम र कार्यशैली परिमार्जन गर्नुपर्छ : योजना आयोग उपाध्यक्ष श्रेष्ठ

लघुवित्तहरुले कार्यक्रम र कार्यशैली परिमार्जन गर्नुपर्छ : योजना आयोग उपाध्यक्ष श्रेष्ठ

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले लुघवित्तहरुले बिना धितो कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । पछिल्लो तीन दशकमा लघुवित्तहरुले मुलुकको गरिबीलाई घटाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

शुक्रवार राजधानीमा आयोजित ‘बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन’लाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘लघुवित्तहरुले महिलालाई वित्तीय स्रोत उपलब्ध गराएर उनीहरुलाई सक्षम बनाएका छन् । लघुवित्तकै कारण वित्तीय पहुँच बढेको छ ।’

उपाध्यक्ष श्रेष्ठले नेपालका हरेक क्षेत्रमा समस्याल भएपनि ती समस्याको समाधान आफ्नै प्रयासबाट सम्भव हुने बताए ।  उनले देशका चुनौतीहरू यति धेरै छन् कि समस्या “पुराण” जस्तै लाग्ने अवस्था आएको उल्लेख गर्दै, बाहिरबाट समाधानको अपेक्षा गर्नु भन्दा आफैं अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

लघुवित्त क्षेत्रमा विगतमा तीव्र विस्तार हुँदा केही जटिलता देखिए पनि पछिल्लो समय क्षेत्र क्रमशः स्थिर र सुदृढ बन्दै गएको उनले बताए । अब लघुवित्त संस्थाहरूले नयाँ सामाजिक आवश्यकता र परिवर्तित परिवेशअनुसार आफ्ना कार्यक्रम र कार्यशैली परिमार्जन गर्नुपर्ने उनले सुझाए ।

तीन दशकअघिको नेपाल र अहिलेको समाजबीच ठूलो अन्तर आएको उल्लेख गर्दै उनले बसाइँसराइ, शहरीकरण र वैदेशिक रोजगारीले सामाजिक संरचनामा व्यापक परिवर्तन ल्याएको बताए। यससँगै गरिबीको अवस्था पनि उल्लेख्य रूपमा घटेको र त्यसमा लघुवित्त संस्थाहरूको योगदानलाई अस्वीकार गर्न नसकिने उनले स्पष्ट पारे।

उनका अनुसार नयाँ मापदण्डअनुसार गरिबी २० प्रतिशत हाराहारीमा झरेको छ भने पुराना सूचकलाई आधार मान्दा यो दर अझ न्यून रहेको देखिन्छ। आवश्यकताका स्वरूप बदलिँदै गएका छन् र सूचना प्रविधिको विकासले जीवनशैली मात्र होइन, उपभोगको ढाँचा पनि परिवर्तन गरेको उनले बताए।

डो. श्रेष्ठले दक्षिण एशियामै नेपाल गरिबी न्यूनीकरणमा अग्रसर देशमध्ये पर्नुका साथै मानव विकास सूचकांकमा पनि सुधार आएको उल्लेख गरे। यद्यपि, उपलब्धि हुँदाहुँदै पनि राजनीतिक अस्थिरताले देशलाई अझै चुनौतीमा पारेको उनको भनाइ थियो।

लघुवित्तले विशेषगरी महिलाको वित्तीय पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले बिना धितो ऋण प्रवाह गर्ने संस्थाका रूपमा लघुवित्त संस्थाहरूलाई चिनाए। विगतमा देखिएका केही विकृति र विसंगतिलाई सुधारतर्फ लैजाने प्रयास भइरहेको बताउँदै, राजनीतिक उद्देश्यले लघुवित्त क्षेत्रलाई भड्काउने गतिविधिप्रति सजग रहन उनले सदस्यहरूलाई आग्रह गरे।

DSC03680_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार