Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
भक्तपुर बचत संघ: उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

सहकारीका कानून र निर्देशनहरु जंगली न्यायको अवधारणाबाट प्रेरित

सहकारीका कानून र निर्देशनहरु जंगली न्यायको अवधारणाबाट प्रेरित

भक्तपुर । २०८२ पौष १५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानका मुद्दाहरुमा संघको धारणाहरु राखे । उनले संघ संस्थालाई प्रतिकुल असर पर्ने ऐन कानुन तथा निर्देशनको संशोधनका लागि संघले कानुनी बहस पैरवी गदै आएको जानकारी गराए । जारी सहकारी ऐन, कानुन तथा निर्देशन सबै सहकारीलाई न्यायोचित हुने गरी जारी हुनुपर्नेमा जंगली न्यायको अवधारणाबाट प्रेरित भएको उनले बताए ।

606330014_3776354925832152_2225348096048432722_n.jpg
उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारीमा बहुनियमन र बहुनिर्देशनले सहकारीमा अन्यौलको वातावरण सिर्जना भएको बताए । उनले सहकारीमा ठगी गर्नेहरुलाई तत्काल कार्वाही गरी पिडितलाई न्याय दिनुपर्ने माग गरे ।

607134933_3776354645832180_7098159389369864996_n.jpg
उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

संघका लेखा सूपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले नवगठित उपसमितिमा मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदसंगै जिम्मेवारी पनि थपिदै जाने भएकोले जिम्मेवारी वहनमा ध्यानदिनुपर्ने सुझाए । उनले संघको हरेक क्रियाकलाप सदस्य सस्ंथा केन्द्रीत रहेकोले सदस्य संस्थाको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

607435282_3776354692498842_6962851082167065652_n.jpg
उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजुले संघको परिकल्पना, ध्येय, उद्देश्य र चुनौतीहरुको  प्रस्तुतिकरण गरे । उनले चालु आ.व.मा सदस्य संस्थाको, संस्थागत, नीतिगत, जनशक्ति लगायतको बृद्धि विकासका लागि साधारण सभाको स्विकृत बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउदै उपसमितिको जिम्मामा रहेका तालिम तथा कार्यक्रम समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले  संघले गर्दै आएको तालिम शिक्षा, कानुनी बहस पैरवी र अन्तरलगानी लगायतका कार्यहरुको जानकारी गराए ।

605665527_3776355162498795_7468207943626047080_n.jpg
उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

उक्त कार्यक्रममा संघको १२ वटा उपसमितिमा मनोनित सदस्यहरुलाई मनोयन पत्र तथा सपथ ग्रहण समेत गरिएको थियो । सो कार्यक्रममा समिति, उपसमिति र कर्मचारी गरी ५३ जनाको उपस्थिति रहेको थियो ।

606046906_3776352489165729_5746422693563447185_n.jpg
उपसमिति सदस्यहरुको परिचयात्मक कार्यक्रम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार