Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सबै सम्प्रदायबीच सद्भाव कायम राख्न तीन आयोगको अपिल

सबै सम्प्रदायबीच सद्भाव कायम राख्न तीन आयोगको अपिल

काठमाडौं । मधेशी, थारु र मुस्लिम आयोगले सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । तीन आयोगले विज्ञप्ति जारी गरी सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन् ।

‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवम् सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता तराई मधेशका केही ठाउँहरुमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्तरुपमा हार्दिक अपील गर्दछौं ।’

611891840_122245499558129987_264638645801303095_n_9ggERU6ndx.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार