काठमाडौं । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि चरिकोट दोलखाको २७ औ वार्षिक साधारणसभा तथा ३० औ स्थापना दिवस संघका अध्यक्ष भुमिराज खडकाको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता र प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष जिवस राज खडकाको विशेष आतिथ्यतामा साथ सम्पन्न भएको छ ।
संघको २७ औ वार्षिक साधारण सभाको अवसरमा संघको पुरस्कार तथा सम्मान कार्यविधि अनुसार बिभिन्न संस्था तथा सहकारी अभियान कर्मीहरुलाई विभिन्न विधाबाट सम्मानित गरिएको थियो। कार्यक्रममा पशुपति स्मृति सहकारी पुरस्कार उत्कृष्ट सहकारी अभियन्ता सम्मान २०८२ जिवसराज खड्कालाई, उत्कृष्ट सहाकारी सम्मान २०८२ हाम्रो जनकल्याण साकोस, उत्कृष्ट कर्मचारी कालीनाग साकोसका व्यवस्थापक शिवहरी शिवाकोटी, उत्कृष्ट नियमित बचतकर्ता सम्मान जनमुखी साकोस, उत्कृष्ट लगानी संस्था चापखोला साकोस जिरी, पुर्व सन्चालक मरिच बहादुर खड्का, उत्कृष्ट सन्चारकर्मी श्रीजन घिमिरे र उत्कृष्ट कारोबार गर्ने संस्था जनसेवा साकोस बतेस्वर २ सम्मानित भएको छ ।
२७ औ वार्षिक सभाको सचालन संघका महासचिव तेन्जिङ शेर्पाले गरेका थिए भने संचालक प्रतिवेदन सर्मिला सापकोटा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष परशुराम कार्की र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक गोपाल ध्वज श्रेस्ठबाट पेश गरेका थिए भने सभामा प्रमुख अतिथि चन्द्र प्रसाद ढकाल , विशेष अतिथि जिवसराज खडका देविशर्मा फुयाल लगायतले शुभकामनासहित समसामयिक विषयमा धारणा राखेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com