Aug 01 2026 | २०८३, साउन १६ गते

Aug 01 2026 | २०८३, साउन १६ गते

Follow us
विश्व कुष्ठरोग दिवस

नेपालमा हरेक वर्ष झन्डै तीन हजार जना कुष्ठरोगका नयाँ बिरामी

नेपालमा हरेक वर्ष झन्डै तीन हजार जना कुष्ठरोगका नयाँ बिरामी

काठमाडौं । आज जनवरी महिनाको अन्तिम आइतबार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाइने यो दिवसको यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ ।

नेपालमा हरेक वर्ष झन्डै तीन हजार जना कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेका छन् । नेपालले सन् २०१० मा नै कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर अहिले पनि रोगी फेला पर्ने गरेका छन् । २०८१र८२ सालमा मात्रै नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४ सय ९ रहेको छ ।

कुष्ठरोग हुँदा शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दाग देखा पर्ने लक्षण देखा पर्छन् । सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरूलाई पनि सर्न सक्छ । तर, यो रोग सर्न लामो समय लाग्छ ।

कुष्ठरोगको समयमै पहिचान भई उपचार हुन नसकेमा बिरामीमा अपाङ्गताको अवस्था हुन्छ । कुष्ठरोगीले अवस्था हेरेर छ महिना, एक वर्ष र दुई वर्षसम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ ।

 कुष्ठरोगलाई निर्मूल गर्न सङ्क्रमितको पहिचान गरी बेलैमा उपचार गर्ने र जनचेतना फैलाउनुपर्ने विज्ञ चिकित्सकहरु बताउँदछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार